MY FIRST STEP TO SPREAD MY VILLAGE

Thursday, May 8, 2014

गजल 
देशै रोयो प्रवासिदा, आत्मा रुन्छ यहाँ 
गैरी खेत बाझै रह्यो, पिडा हुन्छ यहाँ

अनमोल पसिना यी, सस्तो दरमा बेच्दा 
भक्कानिएर् आँसुले नै, आँखा धुन्छ यहाँ 

छुट्टिएर हिड्नु अघि, तड्पिएको याद
भारी मनले कष्टसंग, थामी बुन्छ यहाँ

मातृभूमि विलापले, सपनीमा भन्छिन्
नदीनाला बेचि सके, कसले सुन्छ यहाँ

प्रियसीले दुखः पोखिन्, वर्षा याम लाग्यो
कसो गरी टालु घर, छाँना चुन्छ यहाँ

कर्ण गिरी
रोल्पा


साभार : कर्ण दाइ को फेसबुक वालबाट

No comments:

Post a Comment