MY FIRST STEP TO SPREAD MY VILLAGE

Thursday, May 8, 2014

गजल 

पत्थर भयो तिम्रो मुटु, खोइ कसरी गालौ अब 
उध्रिएछ क्यारे त्यो मन, खोइ कसरी टालौ अब 

पराइका कुरा सुनी, मन मनै के के गुनी 
निभाइछौ प्रेम दिप, खोइ कसरी बालौ अब

तिमी थेउ र डोर्याउने, लक्ष्य चुम्ने साहस गर्थे
गन्तब्य हिन पाइलाहरु, खोइ कसरी चालौ अब

पारिछौ दिल चौघेरामा, मेरो माया परै थुनी
अबिश्वासको जङ्गे पर्खाल, खोइ कसरी ढालौ अब

पागल सरी बन्छु जब, तिमीलाई सम्झन्छु म
जिन्दगीको नयाँ यात्रा, खोइ कसरी थालौ अब

गोबिन्द प्र तिवारी
दमक, झापा नेपाल



साभार : कर्ण दाइ को फेसबुक वालबाट

No comments:

Post a Comment